फिल्म 'हामी तीन भाइ' को काम बल्ल सुरु हुन लागेको छ l फिल्मको पहिलो गीतको रेकर्डिङ भएको छ l सुलभमणि सापकोटाको शब्द र साप शक्तिको संगीत रहेको ‘झम्के फुली’ बोलको गीतमा गायिका अस्मिता अधिकारी र शक्ति स्वयंले स्वर भरेका छन् । मधुसूदन भट्टराईको निर्देशन फिल्ममा रहेको छ l प्रसिद्धि सिने आर्टको ब्यानरमा निर्माण हुन लागेको फिल्म हामी तीन भाइ लाई साजित महतले निर्माण गर्ने छन् फिल्मका कार्यकारी निर्मातामा विक्रम तामाङ हुन् l  फिल्मको छायांकन शिव ढकाल ,द्वन्द हिमाल केसीको रहने छ l मनिष गौतम र रिवाज दाहालको लेखन रहेको फिल्ममा सलोन बस्नेत, जान्हवी बस्नेत, शिशिर राणा, विकास चापागाईँ, दीक्षा पाण्डे, दीपक मगर, भुवन काफ्ले, नरेन केसी र टेकेन्द्र न्यौपानेको अभिनय रहने छ l साथै  अन्य कलाकारहरूको छनोट हुन वाकी रहेको छ। पारिवारिक तथा प्रेम कथामा आधारित रहेर बन्ने" हामी तीन भाइ " डेढ दशक अगाडी स्व शिव रेग्मीको  लेखन तथा निर्देशनमा बनेको फिल्मको सिक्वेल भने होइन  l जसमा अभिनेता राजेश हमाल ,नन्दिता केसी ,निखिल उप्रेती ,झरना थापा ,स्व श्रीकृष्ण श्रेष्ठ , रेखा थापा , स्व केशव भट्टराई लगायतको अभिनय रहेको थियो l