‘छक्का पञ्जा’ युट्युबमा सर्वाधिक हेरिने फिल्म बनेको छ l दुई वटा च्यानलमा रिलिज गरिएको फिल्मलाई ३ करोडभन्दा बढी पटक हेरिएको छ । हाइलाइट्स नेपालबाट १ करोड ९३ लाख र हाइलाइट्स नेपाल मूभिजबाट १ करोड १० लाखभन्दा बढी पटक हेरिएको छ । यस अघि फिल्म ‘प्रेम गीत ’ युट्युबमा धेरै हेरिने फिल कहलिएको थियो l उक्त फिल्मलाई आजसम्म २ करोड ६२ लाख पटक हेरिएको छ । 'प्रेम-गीत'लाई पनि उछिन्दै  ‘छक्का पञ्जा’ ले धेरै हेरिने फिल्मको स्थान लिएको हो l कलाकार दिपाश्री निरौलाको निर्देशन रहेको फिल्ममा दीपक राज गिरी, प्रियंका कार्की, जितु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ, शिवहरी पौडेल, वर्षा राउत, किरण के.सी लगायतको अभिनय रहेको छ l