मेलिना राई र किरण गजमेरको स्वरमा रहेको ‘हे दैव’ लाई चोरीको आरोप लागेपछि युट्युबबाट हटाइएको छ । अनुमति बिना गीत चोरी गरिएको भन्दै गीतकार भूपेन्द्र खड्काले आरोप लगाएका थिए l यस् भिडियोलाई  रमेश एमके पौडेलको निर्माण र रामजी लामिछानेको निर्देशनमा गरेका थिए l भिडियोमा सलोन बस्नेत र रुबिना थापाले अभिनय गरेका छन् । ‘भेटिएर छुट्नुभन्दा नभेटिएकै जाती हुन्थ्यो, हामीबिचको सम्बन्ध यो अझै कति माथि हुन्थ्यो’ गीतसँग मेल खान गएपछी खड्का आरोप ‘हे दैव’ लाई थियो l उक्त गीत २०६१ सालमा रेकर्ड भएर २०६२ मा एल्बम ‘आधा सपना’मार्फत रिलिज गरिएको खड्काले बताएका छन् l