फिल्म ‘कौसिद’ टीजर ट्रेलर सार्वजनिक भएको छ । निर्देशक कुमार भाष्करको निर्देशन रहेको फिल्मको टीजरलाई फ्लिकर्स आर्ट्स युट्युब च्यानल बाट रिलिज गरिएको हो l टीजरमा पिँजडामा खरायो बोकेको लुक्समा अभिनेता भोलाराज सापकोटा देखिएका छन् l बड पिक्चर्सको ब्यानरमा र नायिका ऋचा शर्माको प्रस्तुतिमा  निर्माण भएको फिल्मको निर्माता केदार भुसाल हुन् l फिल्ममा कार्यकारी निर्मातामा दिमेश श्रेष्ठ तथा सह-निर्मातामा लक्ष्मण बानियाँ छन् ।

फिल्ममा सापकोटा र ऋचासँगै रुपेश दाहाल, परीक्षित विक्रम राणा, सदिच्छा गौतम, निर्भीक भट्टराई र सागर भट्टराई मुख्य भूमिका रहेको छ l फिल्मको कथा लेखन नवविजय प्रकाश श्रेष्ठ र धिर्जन थपलियाले लेखेका हुन् l निर्माण टिम चाडै नै फिल्मको रिलिज मिति तय गर्ने तयारीमा छन् l