‘कमेडी क्लब विथ च्याम्पियन्स’ माघ दोस्रो सातादेखि टेलिभिजनमा प्रसारण हुने भएको छ । काठमान्डौमा पत्रकार सम्मेलन गर्दै शोको बारेमा जानकारी गराइएको हो l यस शो लाई पनि कमेडी च्याम्पियन निर्देशक विशाल भण्डारीले नै निर्देशन गर्दै छन् l विशालको अनुसार यस कार्यक्रम अन्य कार्यक्रम भन्दा फरक रहने बताएका छन् l हरेक हप्ताको सोमबार प्रसारण हुने कमेडी क्लबमा कमेडी च्याम्पियन सिजन १ र २ का प्रतिस्पर्धीहरू पवन भट्टराई, मेक्सम गौडेल, श्रेया सुवेदी, साजन श्रेष्ठ, उमेश राई, सुमन कार्की र कैलाश कार्कीले भाग लिने छन् । कार्यक्रम एन्टिभी टेलिभिजन बाट बेलुका ८ बजेर ५० मिनेटमा प्रसारण हुने छ l