नेपाली हरर फिल्म 'कठपुतली' दोश्रो हप्ता सहित यती बेला देशव्यापी रुपमा प्रदर्शन भइरहेको छ l ओपनिङको दिन नै बक्स अफिसमामा राम्रो व्यापार गर्न सफल रहेको फिल्म भिम्सेन लामाले निर्देशन गरेका हुन् l कोरोना त्रास बिच पनि दर्शकलाई हलको बाटो तानेकोमा निर्माण टिमका साथै फिल्मकर्मीहरू पनि खुसी छन् l यसैबिच, दर्शक माया र साथ पाएर उत्साहित रहेको निर्माण टिमले दर्शकलाई आकर्षक उपहार योजना अगाडि ल्याएका छन् l फिल्म हेर्नका लागि हलबाट काटेको टिकटसँग सेल्फी खिचेर सामाजिक सञ्जालमा पोस्ट गर्नेहरूमध्ये गोला प्रथाबाट एक जनालाई एप्पल कम्पनीको लेटेस्ट फोन ‘आई फोन १२’ प्रदान गरिने छ l यो योजनामा सहभागी हुन एक टिकट एकजनाको लागि मात्र मान्य हुनेछ भने टिकट नम्बरको जाँच हुनेछ । नेपालभर जुनसुकै हलबाट काटिएको टिकटसँग सेल्फी खिचेर सबैले देख्ने गरी सोसल मिडियामा राख्नुपर्ने हुन्छ । त्यसरी फोटो राख्दा क्याप्सनमा #KATHAPUTALI #WINIPHONE लेख्नु पर्नेछ । ‘लक्की ड्र’ मार्फत आगामी फेब्रुअरी १ मा विजेता घोषणा गरिने बताइएको छ । एक राज्यमा शासन गर्ने राजाको दरबार भित्रको सेरोफेरोमा आधारित कथामा राजाहरूले मोजा मस्ती गर्ने बहानामा दिनहुँ जनाताका चेलीबेटी माथि गर्ने शोषण, बलात्कार जस्ता कामबाट आजित महिलाहरूले मृत्यु परान्त लिएको बदलालाई कथाको रूप दिइएको छ । फिल्मकी लेखक तथा कार्यकारी निर्माता सम्पदा मल्ल रहेकी छिन् भने पृथ्वी राना मगरले निर्माण गरेका हुन् l फिल्ममा गौरी मल्ल, मिथिला शर्मा, कर्मा, शिल्पा माष्के, उषा रजक, सुवर्ण थापा लगायतका अन्य कलाकारहरूको मुख्य अभिनय रहेको छ ।