चलचित्र ‘मेला’को नयाँ गीत सार्वजनिक भएको छ । काठमाडौँमा आइतबार एक कार्यक्रम आयोजना गर्दै चलचित्रको पहिलो गीत सार्वजनिक गरिएको हो । संगीतकार अर्जुन पोख्रेलको संगीतमामा दिग्गज धुराईलीको शब्द अनि अन्जु पन्त र राम चन्द्रको स्वर रहेको ‘’परिचय पाऊ (हो सैबो हो)’’ बोलको गीत सार्वजनिक भएको हो । बसन्त निरौलाको निर्देशन रहेको चलचित्र ‘मेला’को उक्त गीतको भिडियोलाई पवित्रा आचार्यले कारियोग्राफी गरेकी छिन् ।
गीतमा गजित बिष्ट, पवित्रा आचार्य, चलचित्रकी नायिका अशिष्मा नकर्मी र नायक सलोन बस्नेत फिचरिङ छन् । दिव्या सुबेदीले खिचेको गीतलाई शाहील खान र मिलन श्रेष्ठले सम्पादन गरेका हुन् । हरि पन्तको प्रस्तुती मनोज के.मरोडियाको निर्माण रहेको चलचित्र मेलामा अशिष्मा नकर्मी, सलोन बस्नेतसंगै आमेश भण्डारी , निरज श्रेष्ठ, बसन्त भट्टको अभिनय रहेको छ । चलचित्रको प्रदर्शन मिति कात्र्तिक २४ गते तय गरिएको छ ।