चर्चित भारतीय गायिका असीस कौर आज नेपाल आउँदै छिन् । दरबारमार्ग स्थित क्लब प्लेटिनममा आयोजना हुने ‘राता लम्बिया नाइट विथ असीस कौर’ कन्सर्टका लागि उनी नेपाल आउने भएकी हुन् । २ बजे उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्ने छिन् । कन्सर्टलाई फेलिज इन्टरनेसनल इभेन्टले कन्सर्टको आयोजना गरेको हो । कौरको ‘राता लम्बिया’ गीतको चर्चालाई मध्यनजर गरी क्लब सञ्चालकले कौरलाई कन्सर्टका लागि ल्याएका हुन् । कार्यक्रममा कौरका अलावा नेपाली गायक याबेश थापाको समेत प्रस्तुति रहनेछ । कार्यक्रम भोलि हुने छ ।