फिल्म `पशुपतिप्रसाद´ को सिक्वेल बन्ने भएको छ । सार्वजनिक रूपमै घोषणा नभएता नि स्रोतका अनुसार निर्देशक दीपेन्द्र के खनाल अहिले फिल्म स्क्रिप्टमा व्यस्त छन् । बुझिए अनुसार फिल्मको स्क्रिप्ट अहिले अन्तिम चरणमा रहेको छ । २०१६ मा प्रदर्शनमा आएको फिल्ममा नायक विपिन कार्की र खगेन्द्र लामिछाने मुख्य भूमिकामा थिए । यस पटक पनि यी दुईले नै फिल्ममा मुख्य भूमिका निभाउने छन्। उक्त समय बक्स अफिसमा राम्रो व्यापार गरेको फिल्ममा विपिनको `भस्मे´ पात्रलाई दर्शकले अत्याधिक रुचाएका थिए । दीपेन्द्र निर्देशित फिल्म `पानी फोटो´ र `चिसो मान्छे´ रिलिज पेन्डिङमा पनि रहेको छ ।