हरर फिल्म `कठपुतली´ ले दोश्रो हप्ता पनि कब्जा गरेको छ । सकारात्मक प्रतिकृया पाइरहेको फिल्मले अघिल्लो हप्ता झैँ यो हप्ता पनि दर्शकको राम्रो साथ पाउने अपेक्षा राख्न सकिन्छ । देशभरका मल्टीप्लेक्सहरुमा सय बढी शो र अधिकांश सिंगल थिएटरमा उपस्थिति जनाएको फिल्मलाई भिम्सेन लामाले निर्देशन गरेका हुन्  ।फिल्मको लेखक तथा कार्यकारी निर्माता सम्पदा मल्ल रहेकी छिन् ।  फिल्मलाई पृथ्वी राणा मगरले निर्माण गरेका छन् ।कठपुतलीमा गौरी मल्ल, मिथिला शर्मा, कर्मा, शिल्पा माष्के, उषा रजक, सुवर्ण थापा लगायतका अन्य कलाकारहरूको मुख्य अभिनय रहेको छ l