आफ्नो बारेमा ट्रोल बनाएको भन्दै नायिकाहरूले गुनासो गरेका छन् l पेज ट्रोल नेपालले केही दिन अघि नायिकाहरू जल शाह , मेलिना मानन्धर, अरुणिमा लम्साल , सारङगा श्रेष्ठ र पूजा लामाको जम्काभेटको तस्बिर प्रयोग गर्दै ट्रोल बनाएको थियो l 'नेपालको स्टार्डम भन्दा , अमेरिकाको जुठो भाडो प्यारो' भनेर नायिकाहरूलाई पेचिलो शब्द प्रयोग गरेको थियो l यी नायिकाहरू अहिले अमेरिकामै छन् l उक्त शब्द प्रयोग गरेको भन्दै नायिका करीश्मा मानन्धरले गुनासो गरेकी हुन् l आफ्नो आधिकारिक सञ्जाल मार्फत उक्त ट्रोल बारे गुनासो गर्दै क्याप्सन लेखेकी छन् l

Cine pati

मानन्धर लेख्छिन् 'अनि के नेपालमा चाहिँ उहाँले  जुठै भाँडोमा खानुहुन्छ  ? त्यहाँ भाडा माझ्न वासर ड्रायर हुन्छ हरेक घरमा भन्ने थाहा छैन ? विश्वव्यापीकरणको यो अवस्थामा जो मानिस जहाँ रहन चाह्यो त्यो उसको अधिकारको कुरा हो । अनि काम सानो या ठुलो हुँदैन , कृपया कामको सम्मान गर्नुस् । आफुखाना खाएर घरको महिलालाई थाल माझ्न छोड्नेको सोच यस्तो हुन्छ । आफ्नो काम आफै गर्दा कोही सानो हुँदैन । नेपाल मै रहेर पनि भाडा माझ्न या फोहोर टिप्न मलाई चाहिँ कुनै अप्ठ्यारो हुने छैन' l उक्त लेखाइको समर्थन गर्दै ट्रोल बनेकी नायिका पूजा चन्दले पनि कमेन्ट गरेकी थिइन् l साथै  ट्रोल्ल नेपालको इन्स्टामा नायिका मानन्धरकी छोरी कविता मानन्धरले पनि आक्रोश पोखेकी छन् l