निर्मात्री शर्मिला पाण्डेले नयाँ  फिल्मको घोषणा गरेकी छिन् । काठ्मान्डौमा पत्रकार सम्मेलन गर्दै फिल्म `परस्त्री´ को घोषणा गरेकी हुन् । कार्यक्रममा उनले आफ्नो छोराको जन्मदिन भएकाले सो फिल्म छोरालाई उपहार स्वरूप भएको पनि बत्ताएकी छन् । फिल्मको कथा  निर्देशक दीपेन्द्र के खनालले लेखेका हुन् । फिल्मको मुख्य भूमिकामा कोसिस क्षेत्री अनुबन्धित भएका छन् । साथै फिल्ममा अभिनय गर्ने नयाँ अनुहारको पनि खोजी गरेको निर्माण टिमको भनाइ छ । एक जना पुरुष कलाकार २२ देखि २७ वर्ष उमेरको र दुई जना महिला कलाकार २२ देखि ३० र २० देखि २५ वर्षको कलाकार फिल्मले खोजेको हो ।  `परस्त्री´  लाई निर्मात्री पाण्डेका छोरा  सुरज पाण्डेले निर्माण गर्ने छन् । फिल्म नेपाली र हिन्दी भाषामा रिलिज हुने छ ।