गायक निशान भट्टराईको आवाजमा नयाँ गीत 'सम्झनु र बिर्सनु' इन्टरनेट रिलिज गरिएको छ। बुद्धि गौतमको शब्द रहेको गीतमा उज्ज्वल सागरको संगीत भरेका छन् l भिसन योञ्जनको निर्देशनमा तयार भएको भिडियोलाई सरोजन तुलाधरले खिचेका हुन् l
श्रेशन श्रेष्ठले भिडियोको सम्पादन गरेका छन्। भिडियोमा निशान भट्टराई, ऋचा न्यौपाने र सुवास विष्ट फिचर छन्। निशानको अफिसियल युट्युब च्यानलमा गएर भिडियो हेर्न सकिन्छ l