नायिका आँचल शर्माले तेलुगु फिल्ममा काम गरेकी छिन् । विष्णु अधिकारीले निर्देशन गरेको ‘हिटम्यान’मा आँचल काम गरेकी हुन् । बिहीबार सोल्टी होटेलमा पत्रकारसँग अन्तर्क्रिया गर्दै निर्माण टिमले फिल्मको विषयमा जानकारी गराएको थियो । फिल्मलाई दीपक अधिकारीले निर्माण गर्न लागेका हुन् । उताको कलाकार सँग आफ्नो अनुहार मिल्ने भएपछि तेलेगु फिल्ममा काम गरेको शर्माको भनाइ छ । थप्प आँचलले फिल्ममा आफ्नो भूमिका चित्त बुझ्दो रहेकाले अभिनयका लागि राजी भएको बताइन् । ‘मेरो भूमिका एकदमै रोचक छ, यही कारण पनि फिल्म गर्न तयार भएँ । यो फिल्ममार्फत् म नयाँ दर्शकसम्म पुग्ने अपेक्षामा छु’ उनले भनिन् । उनले तेलगु फिल्ममा काम गर्ने वातावरण भने नेपाली फिल्मभन्दा बिलकुलै फरक रहेका बताएकी थिइन् । ‘हाम्रोमा भन्दा त्यहाँको मानिस काममा साह्रै प्यासोनेट’उनको टिप्पणी थियो । यो फिल्म मार्चमा विश्वभर रिलिज गर्ने लक्ष्य रहेको निर्माण टिमले जानकारी गराएको थियो ।  फिल्मको प्रिमियर हैदराबादमा हुँदै छ । जहाँ आँचल पनि सहभागी हुनेछिन् । हिटम्यानको नेपालमा ११ दिनसम्म छायांकन गरिएको थियो l फिल्ममा आँचलबाहेक नेपालबाट प्रशान्त ताम्राकार, मिलन सिजापति, अदिति शर्माले  पनि फिल्ममा अभिनय गरेका छन् ।