इन्डीयन आइडल 'पवन दीप राजन' नेपाल आउने भएका छन् । कन्सर्टको लागि उनी नेपाल आउने भएका हुन् l आगामी माघमा पवनले ठमेलस्थित 'एलओडी' क्लबमा आफ्नो प्रस्तुति दिने छन् l माघ १ गते हुने कार्यक्रमले नेपाली दर्शकलाई मनोरञ्जन दिने क्लबका निर्देशक रविन श्रेष्ठले भनाइ छ l पनवदीप इन्डीयन आइडलको सन् २०२१ सिजन १२ का विजेता हुन् । यसअघि एलओडीमा बलिउड तथा हलिउडका कलाकारले प्रस्तुति दिइसकेका छन् । बलिउडका नेहा कक्कर र अर्मन मल्लिकले शो गरिसकेका छन्। कोरोनालाई मध्य नजर गर्दै जनस्वास्थ्यको मापदण्ड अपनाएर सांगितिक कार्यक्रम आयोजना गरिने छ l