गायक सिएलएस सुनिल श्रेष्ठको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । ’लजाएर मुस्कुराउने’ बोलको म्युजिक भिडियो  हालै मात्र सार्वजनिक भएको हो ।सार्वजनिक भिडियोमा कलाकार अदिप श्रेष्ठ र भद्रगोलकी रक्षा श्रेष्ठ फिचरिङ रहेका छन् । 

 

अल्बिन थापा मगर र सिएलएस सुनिल श्रेष्ठको स्वर रहेयो यस गीतका शब्द तथा रचनाकार पनि गायक  श्रेष्ठ नै हुन् । यस ’लजाएर मुस्कुराउने’ बोल गीतलाई प्रकाश नेपालीले संगीत भरेका हुन्। अनिल राना मगरको निर्देशनमा तयार भएको यस म्युजिक भिडियोमा विक्रम कार्कीको छायांकन रहेको छ भने संगीत श्रेष्ठले भिडियोलाई सम्पादन गरेका छन् ।