गायक रबी ओडको स्वरमा रहेको ‘तिमी काठमाडौँको’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । राजेन्द्र त्रिपाठीको शब्द तथा बाबुल गिरीको संगीत र एरेञ्ज गीतमा समावेश छ । सगुन फिल्म्स प्रोडक्सनको प्रस्तुति रहेको भिडियोलाई रोनित विसुंखेको सम्पादन तथा कलर गरेका छन् l मदन कश्यप घिमिरेले भिडियोको दृश्य कैद गरेका हुन् l
सुदन खड्काको कोरियोग्राफी र निर्देशन रहेको भिडियोमा आकाश श्रेष्ठ, गरिमा शर्मा, मन्दीपराज घिमिरे फिचर्ड छन् । बुढासुब्बा डिजिटल युट्युब च्यानलमा गएर भिडियो हेर्न सकिन्छ l