कठपुतली नायिका उषा रजकले ‘कन्ट्रोभर्सी’ ले केही पनि उप्लब्धी नहुने बताएकी छिन l आफ्नो कर्ममा विश्वास गर्ने कलाकारलाई ‘कन्ट्रोभर्सी’ को खाँचो नहुने उषा भन्छिन् l सञ्जालमा फलोअर्स बढ्नलाई मात्र सहयोग पुग्ने उनको दाबी छ l सिनेपाटीले प्रश्न सोध्दै जाने क्रममा ‘कन्ट्रोभर्सी’ को कुरा निकाल्दा रजकले आफ्नो अभिव्यक्ति दिएकी हुन् l केही दिन अघि उनले आफू कन्ट्रोभर्सीमा परेको मिडियामा खुसी हुँदै बताएकी थिइन् l सोही कुराले उनलाई झस्काउँदै तपाईँले कन्ट्रोभर्सीमा परे भनेर खुसी हुँदै मिडियामा भन्नु भाथ्यो नि l साथै थप् प्रश्न जोड्दै कलाकारलाई कन्ट्रोभर्सी चाहिँदैन ? भनेर सोधिएको थियो l 

 

 

उक्त प्रश्नको उत्तर दिँदै उनले: म अहिले सम्म कन्ट्रोभर्सीमा परेको थिइन l साथै मलाई कन्ट्रोभर्सी मन् नि पर्दैन l यी कुराहरू आएर केही उप्लब्धी पनि हुँदैन l उप्लब्धी भनेको एउटा सञ्जालमा फलोअर्स बढ्ने मात्र हो l उक्त समय मेरो पनि बढ्यो दुई चार सय l कलाकारलाई यो कुरा को खाँचो पनि हुँदैन l कर्ममा विश्वास गर्ने कलाकारले यस्ता कुराको पछाडि पनि लाग्दैन l यी कुरा ले न काम दिन्छ l काम हो जरुरी त l जब काम आउँदैन कन्ट्रोभर्सीमा आएर पनि के भयो नआएर पनि के भयो l