अन्तर्राष्ट्रिय कम्पनी ‘ब्लूचिप इन्भेष्टमेन्ट’ ले नेपाली फिल्म बनाउने तयारीमा रहेको छ । एक कार्यक्रम बिच आफूहरूलाई नेपाली फिल्ममा पनि लगानी गर्ने इच्छा रहेको कम्पनीको भनाइ छ । बलिउड फिल्महरू ‘सूर्यवंशी’, ‘८३’ सँगै थुप्रै साउथ इन्डियन फिल्ममा फाइनान्स गरेको सो कम्पनीले राम्रो कथा बस्तु र दर्शकलाई मध्य नजर गर्दै फिल्म बनाउन इच्छुक रहेको बताएका थिए । ब्लुचिप’ का सिइओ रविन्दरनाथ सोनीको अनुसार यस विषयमा फिल्मसँगै अन्य व्यवसायमा सहकार्य गर्ने छलफल गरेको पनि बताएका छन् । ब्लूचिपले नेपालमा सूर्यवंशी’, ‘८३’ फा इ न्स पनि गरेको थियोे ।