नेपाली सिने बजारमा फिल्मको घोषणा भएता नि त्यो फिल्म फ्लोरमा जान्छ्की जाँदैन भन्ने धेरै पटक सोच्न पर्छ l यदि फिल्म फ्लोरमा गैहाल्यो भने पनि बिचमा फिल्म रोकिएका र बने पछि हलमा नचलाइएका धेरै उदाहारणहरु छन् l ती कुराहरू कति मिडिया सार्वजनिक हुन्छ भने प्राय त गुपचुप नै राखिन्छ l उदाहरणको लागि रानी महल l यो फिल्मले बिचैमा पानी पिएको थियो l यस्तै भएको छ अहिले अक्रो फिल्मलाई पनि l निर्माता अर्जुन कुमारले कुनै बेला घोषणा गरेको फिल्म ‘बर्मजंगको भिडियो’ हालत त्यही भएको छ l अब यो फिल्म नबन्ने भएको हो l हालै एक टेलिभिजन कार्यक्रममा निर्माता अर्जुन कुमारले ‘बर्मजंगको भिडियो’ नबन्ने जानकारी दिएका हुन् l स्क्रिप्ट पनि तयार भैसकेको फिल्म अब घोषणामै सीमित रह्यो l निर्माता कुमारले बुद्धि सागरलाई दश लाख दिएर स्क्रिप्ट लेख्न लगाएको जानकारी दिएका थिए । फिल्म नबन्ने भएपछि निर्देशक रामबाबु गुरुङले चेक पनि निर्माताको हातमा थमाइदिएका छन् l निर्माता अर्जुनको 'चपली हाइट ३' भने रिलिज नजिकिँदो छ l