लागुऔसध आरोपमा पक्राउ परेका र्यापर 'लाउरे' आशिस राणाको पुनः हिरासत बसाइ लम्बिएको छ l केही हप्ता अघि ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको लाउरेलाई थापा १७ दिन हिरासतमै राखिने भएको छ l  l जिल्ला कास्की अदालतले उनी सहित सोही प्रकरणमा समातिएका अन्य ३ लाई पनि हिरासत बसाइ लम्बाउन आदेश दिएको हो l  आशिस सँगै पक्राउ पर्नेमा ध्रुब बहादुर थापा , नवीन कुमार गुरुङ(बिक्की) र सुस्मिता गुरुङ रहेका छन् l लाउरे ब्राउन सुगर यानिकी खैरो हेरोइन खरिद गर्दा रङ्गे हात पक्राउ परेका थिए l