पल शाह र मोडल कविता रायको जडिमा नयाँ फिल्म निर्माण हुने भएको छ । पिके फिल्म्सको व्यानरले यो जोडिलाई एउटै स्क्रिनमा बाँध्ने तयारी गरेको हो र। म्युजिक भिडियोमा दर्शकले जोडी रुचाएपछि ठुलो पर्दामा पनि दर्शकलाई देखाउने निर्माण टिमको योजना रहेको छ । केही समय अगाडि यो जोडी अभिनीत म्युजिक भिडियो `ओ साजन´ रिलिज भएको थियो । उक्त भिडियोमा पल र कविताको केमेस्ट्री दर्शकले नियालेका थिए । सोही भिडियोको दोश्रो भाग ‘ओ साजन २’ भर्खरै सार्वजनिक भएको छ।
नरेश जोगीको शब्द तथा संगीत रहेको गीतमा अनु चौधरी, सोनु कुश्मी र संगीतकार जोगीको स्वर छ । अर्जुन तिवारीले खिचेको भिडियोलाई मिलन विश्वकर्माले सम्पादन गरेका हुुुन्न । भिडियोको निर्देशन एवं कोरियोग्राफी विक्रम चौहानको रहेको छ ।