नायिका बेनिशा हमाल शिक्षा सदनको ब्रान्ड एम्बेसडरमा नियुक्त भएकी छन् । कन्सल्टेन्सीका प्रबन्ध निर्देशक टीका भुर्तेलले नायिका हमाललाई एम्बेसडरमा नियुक्त गरेका हुन् l गत वर्ष शिक्षा सदन एजुकेसन कन्सल्टेन्सी स्थापना भएको थियो l हाल यसको संस्था पोखराको सिद्धार्थ चोक र काठमाडौँ पुतलीसडकमा छ l उच्चशिक्षाका लागि अस्ट्रेलिया, बेलायत, क्यानडालगायत देश जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श लगायत सेवा सुविधा कन्सल्टेन्सीले दिँदै आइरहेको छ l केही दिन अघि हमाल यसै कार्यक्रमको लागि भनेर पोखरा पुगेकी थिइन् l