कोरोना भाइरसको नयाँ भेरीएन्ट नेपाली सिने क्षेत्रको लागि साँढे साती हुने सम्भावना बढ्दो छ l २ वर्ष देखी विश्वव्यापी रुपमा आफ्नो हैकम जमाएको कोरोना कमजोर भएर हराउने नाम लिएको छैन l हालै मात्रा कति देशहरूले कोरोनालाई मध्य नजर गर्दै कडा रुपमा नियम पालना लागु गरी सकेका छन् l साथै , कति देश भने लकडाउन गर्ने अन्तिम चरणमै पुगी सकेका छन् l भारतमा सिनेमा घर, जिम लगायत अनिश्चित कालको लागि बन्द भैसकेको छ l त्यही अन्य देशको छीट्टा नेपाललाई पनि नपर्ला भन्न सकिन l काठमाडौँ, भक्तपुर र ललितपुरका तीनै जिल्ला प्रशासनको संयुक्त बैठकले मंगलबार मध्यरातदेखि लागू हुने गरी कोरोना आदेशहरू पनि जारी गरी सकेका छन् l फिल्म हल, रेस्टुरेन्ट, रंगशाला, हवाई यात्रा, पार्क, कार्यालय र होटेलमा प्रवेश गर्दा माघ ७ गतेदेखि खोप कार्ड अनिवार्य देखाउनुपर्ने भएको छ l त्यसै गरी सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला नहुनु भनेर पनि भनी सकेको छ l  साथै सिनेमा हलमा ५० प्रतिशत दर्शक क्षमतामा मात्र फिल्म देखाउन पाइने छ । अनुगमनमा कुनै दर्शक खोप कार्ड बिना प्रवेश गरेको पाइए हल सञ्चालकलाई कोभिड कानुनअनुसार कारबाही गर्ने काठमाडौँकी सहायक सिडिओ सुप्रभा खनाल ढुंगेलको भनाइ छ l