नायिका दिया पुनले सगरमाथा आरोहण गर्ने भएकी छिन् । सगरमाथा आरोहणमार्फत उनले तीन वटा सामाजिक परियोजनाको लागि सहयोग संकलनको लागि उनले सगरमाथा आरोहण गर्न लागेकी हुन् l यस अघि पुनले सन् २०१८ मा अर्जेन्टिनाको माउन्ट ओकनकागुवा आरोहण गरेकी थिइन् l जुन् ६ हजार ९६१ मिटर उचाइमा रहेको थियो l सगरमाथा आरोहणको लागि निर्मल पुर्जाको कम्पनी एलिट एक्स्पिडिसनले प्रक्रियाहरू पनि पुरा भैसकेको छ l आफ्नै खर्चमा उनले सगरमाथा आरोहण गर्न लागेकी हुन् l सातै महादेशका हिमाल चढ्ने र वर्षमा एउटा हिमाल आरोहणको योजना रहेको उनको तयारी छ । यसो त कोही स्पोन्सरको रुपमा आउने छन् भने स्वागत योग्य रहेको उनको भनाइ छ l कोरोना महामारी सुरु भएदेखि आफू कतै नगएको र पैसा बचत भएको उनले जनाइन् । त्यही बचत भएको पैसाबाट हिमाल चढ्न लागेको दियाले बताएकी छिन् l साथै उनले पर्वतारोहण आफ्नो पेशा भएको समेत बताइन् । आगामी अप्रिल महिनामा उनले सगरमाथा आरोहण गर्छिन् l