र्यापर भिटेनले निर्देशक दीपेन्द्र के खनाल सँग सहकार्य गर्दै छन् l आगामी फिल्ममा दीपेन्द्रले भिटेनलाई नायकको भूमिकामा परिचित गराउन लागेका हुन् l नवराज गिरी निर्माता रहने फिल्मलाई बुढा सुब्बा ओेरिजिनलले निर्माण गर्ने लागेको हो l हाल सम्म फिल्मको नाम भने भने बाहिर ल्याइएको छैन l बुझिए अनुसार दीपेन्द्र र भिटेन दुवैले फिल्ममा सम्झौता हस्ताक्षर गरिसकेका छन् । फिल्मको कथा दीपेन्द्रकै रहेको छ l भिटेनले यसअघि बुढा सुब्बाकै ब्यानरमा बन्ने ‘रत्नपार्क’ नामक फिल्म साइन गरेका थिए । फिल्मलाई दिपेन्द्रले नै निर्देशन गर्ने छन् l