सक्किगोनीका पात्र 'काकु' यानिकी दीपक आचार्यले एक अनलाइन विरुद्ध प्रेस काउन्सिलमा उजुरी दिएका छन्। केही दिन अघी एक अनलाइनले भिकारी सेलेब्रेटी भनी हेडलाइन राखी समाचार सम्प्रेषण गरेको थियो l अभिनेता जय किसन बस्नेत , दीपक आचार्य , पाडे लगायतको तस्बिर राख्दै अनलाइन समाचार मार्फत पेच हानेको थियो l अन्य व्यक्तिहरूको साथ आफ्नो पनि नाम जोडेको भन्दै उनले आक्रोश भै प्रेस काउन्सिलमा उजुरी हालेका हुन् l उक्त अनलाइनलाई अब साइबर क्राइम मुद्दा हाल्ने पनि आचार्यले बताएका छन् l पैसाका लागि यस प्रकारका भ्रामक र मनगढन्ते समाचार हालेर आफ्नो मान मर्यादामा आँच आउने काम गरेको उनको भनाइ छ l ठाडै भिकारी भन्ने शब्द प्रयोग गरी आफू र आफ्नो परिवार माथि मानसिक रुपमा तनाव दिएपछि उनी उजुरी हाल्न बाध्य बनेका हुन् l आफूहरूले गरेको कामको प्रमोसनको लागि टिकटक चलाउने गरेको र त्यही काम लाई दर्शक माझ पुर्याउन लाइभ बस्ने गरेको कलाकार आचार्यले अभिव्यक्ति दिएका छन् l मैले आफ्नो प्लेट फर्ममा कामको प्रचार गर्न पाउने कि नपाउने, उनले भने, ‘अहिले म्युजिक भिडियोको प्रचारका लागि टिकटक स्टारहरूलाई रकम पे गरेर समेत प्रमोसन गरिन्छ नि। त्यसैले म फाट्टफुट्ट लाइभमा बस्छु।‘मैले टिकटक लाइभबाट पैसा अपेक्षा राखेको छैन, २५ बर्षे लामो इतिहास देखि कलाकारितामा अवनरत रुपमा संघर्ष गरिरहेका दीपक भन्छन्, ‘हिजो सुरुवाती दिनमा हाम्रा दुखहरू समेटेर त्यो मिडिया त्यो सञ्चारकर्मीले कहिले समाचार बनाएन, आज सक्किगोनी चर्चित भयो भनेर हाम्रो भनेर फोटो दुरुपयोग गर्दै क्लिक बढी हुन्छ भन्दै जे लेख्न त भएन नि,उनले दुखेसो पोखे।’ पछिल्लो समय टिकटकलाई नै आफ्नो पेसा बनाउनेहरूको बढो घुइँचो लागेको छ l टिकटकमा घन्टौ सम्म लाइभ बस्ने र पैसा माग्ने गरेको थुप्रै छन् l टिकटकमा लाइभ बसी पैसा कमाउनेमा अभिनेता जयकिशन बस्नेत देखी , अहिलेका भाइरल पुण्य गौतम , ब्लाइण्ड डेटकी शिलु लगायत केही व्यक्तिहरू अग्रपङतीमा छन् l तर काकु भने त्यति लाइभ मा देखिदैनन!