१० वर्ष सम्म एकल जिन्दगी बिताएका गायक यम बरालले दोश्रो बिहे गर्दै गीता सिवाकोटी उर्फ गीताञ्जली शर्मालाई आफ्नो जिन्दगीमा भित्र्याएका छन् l बरालले गुपचुपमै बिहे गरेका हुन् l तस्बिर सार्वजनिक भइसक्दा पनि उनले सो कुरा भने स्विकारेका छैनन् l बुझे अनुसार गत मङ्सिरमा उनले गीताञ्जली सँग लगन गाँठो कसेका हुन् l केही दिन अघि टेलिभिजन कार्यक्रम रजतपटले यमको बिहे भएको भिडियो दर्शक माझ ल्याएको थियो l गीताञ्जली काङ्ग्रेस क्रियाशील नेत्री पनि हुन् l हालै सम्पन्न नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा महिला खुल्लातर्फ बागमती प्रदेश अधिवेशनमा प्रतिनिधिको उम्मेदवार थिइन् । तर, उनी चुनावमा पराजित भइन् । उनी नेता ख्याम तिवारी प्यानलकी उम्मेदवार थिइन् । गायक बरालको पूर्व पत्नी आकृति राणासँग सन् २०११ मा सम्बन्ध विच्छेद भएको थियो l