फिल्म ‘ए मेरो हजुर ४’ को अस्ट्रेलिया राइट मोटो रकममा विक्री भएको छ । ग्लोबल मिडिया एन्ड रिसर्च सेन्टरले फिल्मको राइट खरिद गरेको हो । फिल्मको अस्ट्रेलियामा प्रदर्शन लगायतको सम्पूर्ण व्यवस्थापन ग्लोबल मिडिया एन्ड रिसर्च सेन्टरका प्रबन्ध निर्देशक गणेश मल्ल ठकुरी( जिएम) ले गर्नेछन् । झरना थापा निर्देशित फिल्ममा अनमोल केसी, सुहाना थापा र सलोन बस्नेत मुख्य भूमिकामा छन् । सुनिल कुमार थापा प्रोडक्शनको ब्यानरमा बनेको फिल्ममा संजय लामाको छायांकन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, हिमाल केसीको एक्सन, मित्र डी गुरुङको सम्पादन छ ।