भनिन्छ नि यदि केही कुरा सत्य नै हो भनेर भन्नु अगाडी पहिला आँखाले देख्न पर्छ l अझै कति कुरा आँखै अगाडी देखिदा पनि सयौँ पटक सोच्नै पर्छ हो या होइन भनेर l तर हाम्रो सिने बजार यस्तो छैन यहाँ त अड्कल काटिन्छ कि त सुन्या भरमा हावा सरी कुरा फैलाइन्छ l चाहे त्यो सत्य होस् या असत्य l यस्तै भयो केही दिन अगाडि जोडी नायिका वर्षा राउत र सन्जोक कोइरालालाई l वर्षाले आफ्नो सञ्जाल बाट पती सन्जोक कोइरालाको तस्बिर हटाउँदा सम्बन्ध चिसियो भनेर सिने बजार गर्मरायो l आदर्श जोडीको उपनाम पाएका यो जोडीको सम्बन्ध चिसियो भन्ने खबर आउँदा दर्शक पनि सोच्न बाध्य बनेका थिए l सन्जोक संगका व्यावसायिक बाहेकका सबै तस्बिर हटाएपछि सिने बजार कम् वकिल बजार धेरै बनिदियो l सो कुरालाई सत्य साबित गर्न वर्षाले एक मिडियामा सामान्य देखाएको घुर्की भनेर प्रतिक्रियासमेत दिएकी थिइन्। प्रतिक्रिया आउँदा समेत यस कुरा सेलाउने भन्दा पनि झन् झन् चुलिँदै गयो l

Cine pati

हालै वर्षाले सन्जोक सँगको एक तस्बिर सञ्जालमा राख्दै ठट्यौली पारामा ‘हाम्रो बारेमा सार्वजनिक भएका गसिप पढ्दै, कसले के के भने रे?, क्याप्सन लेखेकी छिन्। पति सन्जोकले पनि वर्षाको तस्बिरमा कमेन्ट गरेका छन् l वर्षाले हालेको तस्बिर र सन्जोकले गरेको कमेन्ट देखेर लाग्छ , यो जोडीको सम्बन्ध सुमधुर नै चलेको आभाष गराउँछ।