शान्ति श्री परियार र विजय गौतमको आवाजमा समावेश गीत `बैँस सापटी´ रिलिज भएको छ । गायक गौतमकै शब्द रचना र लय सिर्जना रहेको गीतको भिडियोलाई आलमदेभी एन्टरटेन्मेन्ट युट्युब च्यानल बाट रिलिज गरिएको हो । 

गीतमा एरेन्ज सुनिल परियारको रहेको छ । मासिना गौतमको लगानी रहेको भिडियोमा अञ्जली अधिकारी र अमृत गौतम फिचर्ड छन् । नवराज उप्रेतीले दृश्य कैद गरेको भिडियोको सम्पादन मिलन विश्वकर्माले गरेका छन् । मौसम हिमालीले भिडियोको निर्देशन तथा कोरीयोग्राफी गरेका छन् l