गायन राजन तिमल्सिनाको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘केवल मेरो’ बोलको म्युजिक भिडियो केही दिन अगाडी युट्युब मार्फत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा गायक स्वयंमको संगीत रहेको छ । त्यस्तै गीतमा शब्द भने जि.पी तिमल्सिनाको रहेको छ ।

 

रंग इन्टरटेन्टमेन्टले तयार बनाएको भिडियोमा भने मोडल निराजन प्रधान र सोफिया खड्काको अभिनय रहेको छ । अर्जुन तिवारीको छायाँकन रहेको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् भने बिशाल भण्डारीले निर्देशन गरेका हुन् ।