‘क्राइम पेट्रोल नेपाल’ माघ ५ बाट प्रसारणमा आउने भएको छ । हरेक हप्ताको बुधवार टेलिभिजन ग्यालेक्सी मार्फत सिरियल आउने भएको हो । भारतीय टिभी सोनीबाट लामो समयदेखि प्रसारण हुँदै आएको अपराध र त्यसको अनुसन्धानको विषयमा केन्द्रित ‘क्राइम पेट्रोल’ सँग आधिकारिक अनुमतिमा नेपालमा पनि यो श्रृखंला निर्माण भएको हो । ‘क्राइम पेट्रोल नेपाल’ मा कलाकार दीपक राज गिरी होस्टको रूपमा देखिएका छन् l यसमा कथाअनुसार विभिन्न कलाकारको समेत अभिनय रहनेछ । ‘क्राइम पेट्रोल नेपाल’ निर्माणमा ठुलो टिम रहेको छ ।