रङगमन्च हुँदै सिने बजारमा महँगो अभिनेताको रुपमा स्थापित भएका कलाकार हुन् विपिन कार्की l कयौँ वर्ष आफ्नो जिन्दगी उनले नाटक क्षेत्रमा बिताए l तर उनै कार्कीले थिएटर नाटकमा जिन्दगी धेरै नबिताउन सुझाव दिएका छन् l उनी भन्छन् : फिल्ममा करियर चाहनु हुन्छ भने थिएटरमा नअलमलिनु होस् l हालै अस्कर कलेज चार हप्ता सम्म चल्ने कार्यक्रम राखेको छ l जसमा अस्कर कलेजले कलेजमा भर्ना भएका विद्यार्थीलाई फिल्म उद्योगका अनुभवीको अनुभव सुनाउन दुई हप्तादेखि फिल्मको विभिन्न विधाका व्यक्तिलाई अन्तर्क्रियामा निम्त्याउँदै आएको छ । यस हप्ता भने विपिनलाई कलेजले स्वागत गरेको थियो l ओस्कार फिल्म कलेजका १६ औँ ब्याचका विद्यार्थीसँगका अन्तरक्रिया गर्ने क्रममा उक्त कुरा गर्न सुझाव दिएका हुन् l फिल्म र थिएटरमा आकाश जमिनको भिन्नता रहेको उनको तर्क छ l कार्यक्रममा विद्यार्थीसँगको कुराकानीमा उनले आफूले गर्ने चरित्रको तयारीदेखि फिल्ममा चाहिने समर्पणसम्मको चर्चा गरेका थिए l अभिनयमा भरपुर डुबेर दर्शकको मन् जितेका विपिनलाई यसै अभिनय प्रसँगमा पनि प्रश्न गरिएको थियो l आफूले निर्वाह गर्ने चरित्रमा कसरी डुब्नु हुन्छ ? उक्त प्रश्नको सरल ढङ्गमा जवाफ दिँदै '‘सबैका चरित्रमा पस्ने आ–आफ्नै तरिका हुन्छ । म चाहिँ स्क्रिप्ट कण्ठ पारेर यसको सुरुवात गर्छु । म स्क्रिप्ट कण्ठ पार्छु र यसो हुँदा मलाई चरित्रको सबै आयामको बारेमा थाहा हुन्छ । यसपछि चाहिँ म चरित्रलाई कसरी फरक गर्न सकिन्छ भनेर काम गर्छु ।’ साथै उनले अहिलेका चर्चित अभिनेता सौगात मल्ल देखेर आफू पनि सिने क्षेत्रमा आएको उनको अभिव्यक्ति छ l 'सुरुमा गुरुकुलमा छिर्दा मलाई पुग्यो भन्ने लागेको थियो । तर सौगात दाइ (सौगात मल्ल) फिल्ममा रमाएको देखेपछि म पनि फिल्ममा जान्छु भन्ने भयो । फिल्ममा पनि मैले सानो भूमिकाबाट सुरु गरेँ र यसमा पनि खुसी थिएँ । मेरो तपाईँहरूलाई यही सुझाव छ, सानो लक्ष्य लिनुस् र त्यो पूरा भएपछि अर्को लक्ष्य बनाउनुस्,’ उनले विद्यार्थीलाई सुझाएका थिए । ‘आचार्य’ फिल्ममा सानो भूमिकाबाट अभिनय सुरु गरेका विपिनले ‘लुट’ र ‘छड्के’ पछि ‘पशुपतिप्रसाद’ अभिनय गरेका थिए ।