महामारी बिच पनि रिलिजमा आउन लागेको फिल्म हो 'चपली हाइट ३ ' l भोलि बाट फिल्म देशव्यापी रुपमा प्रदर्शनमा आउन लागेको छ l यस फिल्म नेपाली सिने बजारलाई चलायमान गर्ने आस बोकेको फिल्म पनि हो l कयौँ पटक रिलिज मिति सारिँदा सारिँदा अन्त्यमा यो फिल्मले पुष ३० लाई रोजेको हो l कुनै पनि फिल्म प्रदर्शन नआउँदा ‘चपली हाइट ३’ ले मल्टीप्लेक्सहरुमा उच्च शो हात पारेको छ । नेपालको सबैभन्दा ठुलो मल्टीप्लेक्स चेन क्यूफएक्सले आफ्नो ९ वटा मेजर स्टेसनमा २६ शो दिएको छ । बिहीबार साँझसम्म अरू शो बढ्नेमा निर्माण टिम आशावादी छ । त्यस्तै, फिल्मले क्यूज सिनेमाज्मा ५ शो, कीर्तिपुर सिनेप्लेक्समा २ शो, एफक्यूब सिनेमाज्मा ५ शो, सिडिसी सिनेमाज्मा ५ शो, बिग मुभिजले ४ शो, आइएनआइ सिनेमाज्मा ४ शो पाएको छ । बुधवारबाट काठमाडौँसहित मोफसलका मल्टीप्लेक्सहरुले फिल्मको बुकिङ खुलाएका छन् । फिल्मको एडभान्स बुकिङ भने औसत छ । फिल्मले सिंगल थिएटर पनि पर्याप्य पाएको बताइएको छ । ‘चपली हाइट ३’मा स्वस्तिमा खड्का, अर्पण थापा, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी, प्रतीक श्रेष्ठलगायतका कलाकारको अभिनय रहने छ । सस्पेन्स थ्रिलर जनरामा निर्माण भएको फिल्म अर्जुन कुमार फिल्मस् प्रोडक्सनको ब्यानरमा बनेको हो । फिल्मलाई अर्जुन कुमार फिल्मस् र केडिसी हस्पिटलले मिलेर निर्माण गरेका हुन् । यस फिल्मको पहिलो भागले दर्शकको मन जितेको थियो भने तेस्रो शृङ्खलासम्म आइपुग्दा पनि दर्शकले पहिलो भागको धङधङी बिर्सेका छैनन् । यसैले फिल्म निकै प्रतीक्षित बनेको छ ।