गायक प्रेम परियारको आवाजमा ‘यो मुटु त तिम्रै हो’ रिलिज भएको छ l  गीतमा बिष्णु निरौलाको शब्द, राजेश थापाको संगीत छ । भिडियोलाई  मुनाल शिशिर कोइरालाले निर्देशन गरेका हुन् । राजु कार्कीको एरेन्ज रहेको गीतको म्युजिक भिडियो डोमा क्षेत्री, सुप्रिया खनाल र प्रिया रानी लामाको अभिनय रहेको छ ।

सागर प्रधानको छायाँकन र साहिल लम्सालको सम्पादन भिडियोमा देख्न सकिन्छ l ‘मर्ने कसैलाई रहर हुँदैन’ गीतबाट गायन सुरु गरेर एक समय चर्चा रहन सफल परियार विगत ५ बर्ष गायनमा कम्ब्याक गरेका हुन् l