इन्डीयन आइडल 'पवन दीप राजन' को नेपालमा हुन लागेको कार्यक्रम स्थगित भएको छ l कोरोनाको बढ्दो त्रासका कारण उनको कन्सर्ट स्थगित गरिएको हो l कन्सर्टको लागि उनी नेपाल आउने भएका हुन् l जिल्ला प्रशासन कार्यालय काठमाडौँको पछिल्लो सूचनाअनुसार एलओडीमा राखिएको कार्यक्रम स्थगित गरिएको आयोजकले जनाएको छ । आगामी माघमा पवनले ठमेलस्थित 'एलओडी' क्लबमा आफ्नो प्रस्तुति दिनेवालामा थिए l पवन दीप इन्डीयन आइडलको सन् २०२१ सिजन १२ का विजेता हुन् । यसअघि एलओडीमा बलिउड तथा हलिउडका कलाकारले प्रस्तुति दिइसकेका छन् । बलिउडका नेहा कक्कर र अर्मन मल्लिकले शो गरिसकेका छन्।