शिल्पी थिएटरलाई प्रदेश १ सुन्दरहरैंचा नगरपालिका (मोरङ) ले जग्गा दिएको छ l शिल्पीका निर्देशक युवराज घिमिरेलाई गत बुधवार नगरपालिकाले जग्गा हस्तान्तरण गरेको हो l नगर प्रमुख शिवप्रसाद ढकाल र प्रशासकीय अधिकृत विनोद प्रसाद भट्टराई हस्ताक्षरसहितको सम्झौता पत्र घिमिरेलाई दिएका हुन् l एक वर्ष भित्र उक्त जग्गा रहेको स्थानमा नाटक घर बनाउने घिमिरेको योजना रहेको छ l प्रदेश सरकार र संस्कृति मन्त्रालयको सहयोग हुने र नाटक घर सम्पन हुने पनि बताइएको छ l ‘मोरङमा नाटक घर बन्नु भनेको स्थानीय सरकारको सहयोगमा यहाँको भाषा, संस्कृति र आफ्नो अस्तित्वलाई सम्मान गर्नु हो ' युवराज भन्छन् l नगरपालिकाले प्रशंसा गर्ने लायक काम गरेकोमा घिमिरे उत्साहित छन् l  सो जग्गामा २५० सिट क्षमता भएको नाटक घर र ५०० सिट क्षमता भएको 'ओपन एयर' थिएटर बनाइने छ l