पछिल्लो समय चर्चित गायकको सूचिमा मा 'एकदेव लिम्बु' को पनि नाम आउँछ l आँखामा आउने सपनी, सिउँदो , क्या राम्री लगायत हिट गीत दर्शकलाई दिएका एकदेवका थुप्रै फ्यानहरू छन् l युवा-युवतीमा लोकप्रियता कमाएका एकदेवले आफ्नो प्यारा दर्शकहरू प्रति हेर्ने दृष्टिकोण पनि एउटै छ l जति उनलाई दर्शकले माया दिन्छन् , त्यसको दोब्बर उनले आफ्नो फ्यानहरूलाई माया दिएको आभास गराएको छ l हालै उनको एक भिडियो सञ्जालमा भाइरल भैरहेको छ l जसमा उनले आफ्नो फ्यान प्रति देखाएको माया र सम्मान l केही दीन अघि कन्सर्ट गर्न धरान पुगेका एकदेवले आफ्नो फ्यान प्रति सम्मान गदै उनकै घरमा पुगेर आफ्नो सुमधुर आवाज सुनाए l उनी जसको घरमा पुगे ती थिइन एक १५ वर्षीय फ्यान फुङ्सो लिम्बु l फेस्बूक वालमा फुङ्सो लिम्बुले गरेको कमेन्टलाई नियाल्दै उनी फुङ्सोको घर पुगेका थिए l साउन्ड सिस्टम तयार गरी उनकै घरमा गएर गीत सुनाएका थिए l घडी उपहार दिँदै लिम्बुले फुङ्सोलाई तिम्रो मुटुमा , सिउँदो लगायत गीत गाएर फ्यानलाई खुसी बनाएका थिए l