आज शुक्रवार सिनेमा हलमा एक मात्र नयाँ फिल्म रिलिज भएको छ । अर्जुन कुमार फिल्मस् प्रोडक्सनको ब्यानरमा बनेको फिल्म `चपली हाइट ३’आजबाट प्रदर्शनमा आएको छ l मल्टिप्लेसमा राम्रो सो पाएको फिल्म सस्पेन्स थ्रीलर कथामा बनेको छ । चपली हाइट ३’मा स्वस्तिमा खड्का, अर्पण थापा, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी, प्रतीक श्रेष्ठलगायतका कलाकारको अभिनय रहने छ । फिल्मलाई अर्जुन कुमार फिल्मस् र केडिसी हस्पिटलले मिलेर निर्माण गरेका हुन् । यस फिल्मको पहिलो भागले दर्शकको मन जितेको थियो भने तेस्रो शृङ्खलासम्म आइपुग्दा पनि दर्शकले पहिलो भागको धङधङी बिर्सेका छैनन् ।