स्वस्तिमा खड्काको अभिनित साउथ फिल्म 'थिरीमाली' को ट्रेलर सार्वजनिक भएको छ।दुई मिनेट ४१ सेकेन्डको ट्रेलर 'सायना मुभिज' को युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। ट्रेलरमा नेपालका थुप्रै ठाउँका दृश्यहरू देख्न सकिन्छ। जसमा काठमाडौं, पोखरा र लुक्लाका धेरै दृश्य देखिन्छ।त्यस्तै यसमा स्वस्तिमा खड्काको 'आइटम डान्स' का केही झलकहरू पनि छन्।
गीतमा स्वस्तिमा रातो पहिरनमा नाचिरहेकी देखिन्छिन्। ट्रेलरमा अभिनेता माओत्से गुरुङको एक झलक पनि देख्न सकिन्छ l राजीव शेट्टीको निर्देशन रहेको फिल्मलाई एसके लरेन्सले निर्माण गरेका हुन् । कमेडी जनरामा निर्माण भएको फिल्मको कथा जेभियर एलेक्स र राजीव शेट्टीले लेखेका हुन् । फिल्म मलयालमसँगै हिन्दी, तेलेगू र तामिल भाषामा रिलिज हुने छ ।