फिल्म ‘ए मेरो हजुर ४’ को टिजर रिलिज भएको छ ।  टिजरमा अनमोल र सुहानाबीचको प्रेम, रोमान्स र बिछोडलाई देखाइएको छ । झरना थापा निर्देशित फिल्ममा अनमोल केसी, सुहाना थापा र सलोन बस्नेत मुख्य भूमिकामा छन् । 

 

सुनिल कुमार थापा प्रोडक्शनको ब्यानरमा बनेको फिल्ममा संजय लामाको छायांकन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, हिमाल केसीको एक्सन, मित्र डी गुरुङको सम्पादन छ । फिल्म नयाँ  वर्ष वैशाख १ गते प्रदर्शनमा आउने छ ।