स्वर्गीय बलिउड अभिनेता सुशान्त सिंह राजपूतको बायोपिक बनाउन खोज्दा उनकै परिवारले अवरोध सिर्जना गरेका छन् l उनको बारेमा फिल्मको लागि बुझ्न खोज्दा परिवारले केही पनि खुलेर नबताएको र घोर विरोध गरेको भारतिय संचारमा उल्लेख छ l फिल्मको चर्चा भएता पनि आधिकारिक रुपमा कसैले पनि फिल्मको घोषणा भने गरेका छैनन् l यस बारे सुशान्तकी दिदीले पनि आफ्नो सञ्जाल मार्फत जानकारी गराएकी छिन् l प्रियंका राजपूत लेख्छिन् : जब सम्म मेरो भाइले न्याय पाउँदैन तब सम्म फिल्म बन्दैन l यो मेरो प्रतिभाशाली कलाकार भाइसँग प्रतिबद्धता हो’ l साथै दोस्रो कुरा, पर्दामा एसएसआरको सुन्दर, निर्दोष र गतिशील क्षमतालाई प्रदर्शन गर्ने क्षमता कोही पनि कलाकारमा छैन । मलाई आश्चर्य लाग्छ । तेस्रो कुरा, फिल्म उद्योगमा कोहीसँग त्यस्तो तागत छ, जसले एसएसआरको बारेमा बनाइएको अपमानजनक अनौठो कथाको सत्यतालाई चित्रण गर्न सक्छन् ' भनेर चुनौती दिएकी छन् l सुशान्तको निधन भएको साँढे २ वर्ष भैसक्यो l