गायक मानस राजको आवाज, शब्द तथा लय सिर्जनामा नयाँ म्युजिक भिडियो 'राजकुमारी' रिलिज भएको छ l नरेन्द्र वियोगीको मास्टरिङ् रहेको गीतलाई कार्टुन क्रीउको अफिसियल युट्युब च्यानल बाट रिलिज गरिएको हो l भिडियोमा कार्टुन क्रीउ सरोज अधिकारी , आश्मा विश्वकर्मा,अभीप्सा खनाल , अनुश्का श्रेष्ठ ,विजय अधिकारी , पेम्बा मगा लगायत कलाकारहरूले न्रित्य गरेका छन् l

भिडियोको छायाङ्कन तथा रङ संयोजन पवन सुस्लिङको रहेको छ l यस भिडियोलाई सम्पादन गर्ने काम सुरज अधिकारीको रहेको छ l l भिडियोको निर्देशन , कन्सेप्ट तथा कोरीयोग्राफी सरोजकै रहेको छ l