‘म यस्तो गीत गाउँछु २’को टिम यती बेला चितवनको माडी पुगेको छ l एक प्रमोसनल गीतको दृश्य कैदको लागि निर्माण टिम चितवन पुगेको हो l सो हाइ गीतको दृश्यको लागि चितवन पुगेको नायिका पूजा शर्माको एक तस्बिर सार्वजनिक भएको छ l उक्त तस्बिरमा पूजा थारु संस्कृति झल्कने पहिरनमा छिन् । माघ १९ गतेलाई रिलिज मिति लक् गरिएको फिल्मलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् l साथै, यस फिल्मलाई निर्देशक थापा र पूजाले निर्माण गरेका हुन् । 'म यस्तो गीत गाउँछु २'को कथा शिवं अधिकारी र दिनेश न्यौपानेले लेखेका हुन् । बनिष शाह र मिलन श्रेष्ठको सम्पादन रहेको फिल्मलाई सौरभ लामाले खिचेका हुन् । फिल्ममा पाँच गीत समावेश छन् भने पाँच वटै गीतमा सङ्गीतकार अर्जुन पोखरेलको सङ्गीत रहेको छ । फिल्ममा पूजाको अलावा अभिनेता पल शाह, हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, सोनिका रोकायलगायतका कलाकारहरूको अभिनय रहेको छ ।