फिल्म ‘चिसो एस्ट्रे’ को पहिलि गीत सार्वजनिक भएको छ। ड्रीम पाइरेसी’ बोलको गीत रिलिज गरिएको हो । गीतमा आवाज तथा लयसिर्जना अजर जंगमको रहेको   मार्च १८, २०२२ मा प्रदर्शनमा आउन लागेको फिल्मको निर्देशक दिनेश पाल्पाली हुन् । उनले आधुनिक बन्न खोज्दा आफैलाई गुमाउन पुग्ने चरित्रको कथा फिल्ममा प्रस्तुत गरेको बताएका छन् ।

फिल्ममा निकुन श्रेष्ठ, सुशीलराज पाण्डे, रविन तामाङ, दिव्य देव, नवीन लम्साल, सृष्टि श्रेष्ठ आदि कलाकारको अभिनय रहेको छ । कंगारु क्रिएसन र लोकल सिनेमाको संयुक्त ब्यानरमा निर्मित फिल्मलाई महेशबाबु तिमल्सिनाले प्रस्तुत गरेका हुन् । फिल्मको सह-निर्मातामा भने रुपेश ढुंगाना र नवीन ढुंगाना रहेका छन् ।