लामो समय देखि बन्द रहेको कमेडी टेलि श्रृङखला 'जिरे खुर्सानी' फेरी सुरु भएको छ । भदौ २२ गते देखि नेपाल टेलिभिजनमा हरेक बिहिबार राती ८ः४५ बजे ‘जिरे खुर्सानी’ प्रशारण हुनेछ । सोमबार नयाँ बानेश्वर स्थित रेडियो अडियोमा पत्रकार सम्मेलन गर्दै ‘जिरे खुर्सानी’का लेखक तथा निर्देशक जितु नेपालले आफूले सानो पर्दाबाटै करिअरको शुरुवात गरेको भन्दै ठूलो पर्दामा जाँदैमा सानो पर्दालाई बिर्सन नसक्ने बताए । यहि कारण लोकप्रिय कार्यक्रम जिरे खुर्सानीलाई फेरी निरन्तरता दिएको बताए । समसामयिक राजनीति र समाजिक कथामा नै जिरे खुर्सानी तयार भएको पत्रकार संम्मेलनमा जानकारी दिइयो ।
सोमबार नै जिरे खुर्सानीको शीर्ष गीत रेडियो अडियोको युट्युब च्यानल फर सि नेटवर्कले सार्वजनिक गरेको छ । जिरे खुर्सानीको शीर्ष गीतमा टंक बुढाथोकीको संगीत छ । गायनमा भने टंकलाई जितुले नै साथ दिएका छन् । गीतलाई जितु नेपालले लेखेका हुन् ।