हास्य कलाकार हरिवंश आचार्यको शब्द, संगित र आवाजमा नयाँ गीत 'कर्कलो कोक्याउला' युट्युब ट्रेन्डिङमा पर्न सफल भएको छ l केही दिनअघि रिलिज गरिएको गीतले युट्युब ६ औ स्थान ओगट्न सफल भएको हो l सकारात्मक प्रतीकृया पाइरहेको गीतलाई हाल सम्म ७ लाख माथि दर्शकले हेरी सकेका छन्l किरण तुलाधरको संगीत संयोजन रहेको गीतको भिडियोलाई मानव सुवेदीले निर्देशन गरेका हुन् l सुशील सापकोटाको छायांकन र सुरक्षा पन्तको पटकथा भिडियोमा समावेश छ l साथै भूपेन्द्र अधिकारीको भिजुयल मास्टरिङ्ग, श्री कृष्ण श्रेष्ठको भि.एफ.एक्स र रेनिस फागोको रङ्ग संयोजन भिडियोमा देख्न सकिन्छ l युट्युब च्यानल गज्जबको टिभी मार्फत रिलिज गरिएको भिडियोमा कलाकार हरिवंश आचार्य,स्वस्तिमा खड्का,श्याम पाण्डे,महेश त्रिपाठी,नवीन लम्साल,रुक्मिला अधिकारी र विमल खड्काको अभिनय रहेको छ l