रंगमञ्चमा यती बेला दुई वटा नाटकहरू मञ्चनमा आएका छन् l सिनामंगलस्थित पुरानो घर थिएटरमा नाटक 'लाटीको छोरा' र थापागाउ स्थित गुरुकुल कुञ्ज नाटक घरमा ‘डल्स हाउस’ l नाटक 'लाटीको छोरा' हिजो शुक्रवार बाट मञ्चनमा एको हो भने ‘डल्स हाउस’ आज बाट मञ्चनमा आउँदै छ l नाटक 'लाटीको छोरा'लाई रंगकर्मी सुलक्षण भारतीको लेखन तथा निर्देशन गरेका छन् l कथाकार शाहको ‘अब्बा’ नामक कथा संग्रहमा संग्रहित कथामाथि आधारित रहेर नाटक बनेको छ। माघ ९ गतेसम्म यो नाटक मञ्चन हुने छ l यसै गरी गुरुकुलमा मञ्चन हुने नाटक ‘डल्स हाउस’ लाई वरिष्ठ रङ्गकर्मी सुनिल पोख्रेलको निर्देशन गरेका छन् l एक दशकपछिको कमब्याक गरेको गुरुकुलको यो पहिलो नाटक हो l नाटक माघ २२ सम्म मञ्चन हुने छ l हेनरिक इब्सानको कथा रहेको 'डल्स हाउसलाई' पोख्रेलले रूपान्तरण गरेका हुन् l