बाल गायन रियालिटी सो 'द भ्वाइस किड्स' सिजन १ को उपाधि जेनिश उप्रेतीले आफ्नो पोल्टामा हालेका छन् । शनिवार राति सम्पन्न फिनालेमा झापाका बासिन्दा उप्रेती ८ प्रतियोगीलाई पछि पार्दै उनी पहिलो भएका हुन् । टिम प्रमोदकोमा रहेका उप्रेतीलाई नगद १५ लाख रुपैयाँ पुरस्कार दिँदै मतको आधारमा विजेता घोषित गरिएको हो ।